दफा १०
संरक्षणको अधिकार
(१) अपाङ्गता भएका व्यक्तिलाई परिवार, संरक्षक वा अन्य व्यक्तिबाट हुने हरेक किसिमका अमानवीय वा अपमानजनक व्यवहार, शारीरिक वा मानसिक हिंसा, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार र शोषण विरुद्ध संरक्षण प्राप्त गर्ने अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिलाई सशस्त्र संघर्ष, सङ्कटकाल वा विपद्परेको अवस्थामा प्राथमिकताका साथ सुरक्षा, उद्धार तथा संरक्षण पाउने अधिकार हुनेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई लैङ्गिक हिंसा लगायत सबै प्रकारका शोषण, हिंसा र दुव्र्यवहारबाट संरक्षण गर्नकोलागि देहाय बमोजिमको व्यवस्था गर्नेछ ः-
(क) अपाङ्गता भएका व्यक्ति विरुद्ध भएका शोषण, हिंसा र दुव्र्यवहारजन्य, लैङ्गिक तथा यौनजन्य हिंसाका घटनाको जानकारी लिने तथा
अभिलेख राख्ने,
(ख) खण्ड (क) बमोजिमको शोषण, हिंसा तथा घटनाका विरुद्धमा यस ऐन तथा प्रचलित कानून बमोजिम प्रभावकारी कानूनी कारबाही
गर्ने,
(ग) त्यस्ता घटनाबाट पीडितको तत्काल र प्रभावकारी रुपमा सुरक्षा, उद्धार, संरक्षण तथा पुनस्र्थापना गर्ने,
(घ) त्यस्ता घटना हुन नदिनका लागि उपयुक्त व्यवस्था गर्ने,
(ङ) त्यस्ता घटनाका विरुद्धमा सामुदायिक स्तरमा सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने ।